रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न निवेदन

अनलाइन पत्र संवाददाता२०७६-०५-२३ No Comments

भदौ २३, २०७६ हेटौंडाः उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा आरोपित अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने निवेदन दर्ता भएको छ। सोमबार उच्च अदालत पाटन, हेटौँडा इजलाशमा उच्च  सरकारी वकिल कार्यालय हेटौंडाले निवेदन  दिएको उच्च अदालत हेटौंडा इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिएका छन्। निवेदन उपर  मंगलबार सुनुवाई हुने भएको छ। यस अघि धरौटीमा छुटेका लामिछाने र कँडेलले आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेश विरुद्ध निवदेन दर्ता गराएका थिए। पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका लामिछाने र कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमशः पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियो।

Chat Icon
Ad
Ad