सुनको भाउ आज सोमबार पनि घटेको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार एक हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ ।