Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पृथ्वी राजमार्गमा पहिरो खस्दा ५ वटा सवारीसाधन पुरियो, २ जनाको मृत्यु

Company Register

पृथ्वी राजमार्गअन्तर्गत धादिङको जवाङ खोलामा शनिबार बिहान पहिरो खस्दा पाँचवटा सवारी साधन पुरिएका छन् भने दुई जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा सडकमाथिबाट खसेको पहिरोमा पर्दा अन्य ६ जना घाइते भएका छन् । ट्रक र कन्टेनर पहिरोले पुरिँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका–६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

Advertisement

प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको भारतीय ट्रक पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।अवरुद्ध सडक अपराह्नदेखि सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...