कोभिड–१९ का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

एसईईको नतिजा सार्वजनिक हुने समय नजिकिँदै गर्दा परीक्षा नियन्त्रण कार्यलयले नतिजा सम्बन्धी विवरण सार्वजनिक हुने अनलाइन माध्ययमको बारेमा जानकारी सार्वजनिक गरेको छ ।

बोर्ड अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत सार्वजनिक हुनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको सिमकार्ड प्रयोग गर्नेले १६०० डायल गरी नतिजा थाहा पाउन सक्छन् ।

यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउने सुविधा सञ्चालन गरेको छ ।

यसका अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, इडियु सञ्जाल डटकम र कान्तिपुर पब्लीकेशन प्रालीमार्फत पनि नतिजा हेर्न सक्ने उल्लेख गरिएको छ ।