Coronavirus COVID-19

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्यो

[Ads]

Advertisement

काठमाडौं – सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । यसैक्रममा शुक्रबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ८६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

यता, चाँदी भाउ भने प्रतितोला २५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा आएको छ । बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ५६० रुपैयाँ निर्धारण भएको थियो । चाँदी भाउ प्रतितोला १२ सय २५ रुपैयाँ थियो  ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...