Comments Add Comment

पाथीभरा माताको दर्शन गर्दै ! हेर्नुहोस् ,२०७७ भदौ २० गतेको तपाइको आजको राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ भदौ २० गते शनिवार । इ.सं. 05 September 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादीदक्षिणायनवर्षा ऋृतुआश्विन कृष्णपक्षतिथि
तृतीया , १४:२३ बजे उप्रान्त चतुर्थी नक्षत्र रेवती , २५:२४ बजे उप्रान्त अश्विनी योग गण्ड , १५:०४ बजे उप्रान्त वृद्धि करण भद्रा १४:२३ बजेदेखि वव , २७:२५ बजे उप्रान्त तैतिल चन्द्रराशि मीन । आनन्दादी योग धाता। दिनमान ३१ घडी २३ पला । सूर्योदय ०५:४५ बजे । सूर्यास्त बेलुका १८:१८

पञ्चक २५:२४ बजे समाप्ति। गातिला।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरतापनि छाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । लामो समयदेखि रोकिएका अधूरा काम पुनः सुरु हुन सक्छ । साथीबाट सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खनपिनमा विचारपनि पुर्याउनु पर्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई अझै बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर