सहिद स्मृति गोल्डकप : मच्छिन्द्र सेमिफाइनल प्रवेश , आज अफ्रिकन क्लव क्यामरुन र बागमती भिड्ने

अनलाइन पत्र संवाददाता२०७७ चैत्र ०३ No Comments

हेटौंडाको फेरेष्टि मैदानमा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले संकटा क्लबलाई हराउँदै सेमिफाईको यात्रा तय गरेको छ । सोमबार भएको खेलमा मच्छिन्द्र क्लवले संकटा क्लवलाई १–० गोल अन्तरले पराजित गरेको हो । मच्छिन्द्रको जितसंगै सेमिफाइनलमा आयोजक रिगल हेटौंडा मकवानपुर–११ संग खेल्ने छन् । मच्छिन्द्रको जितका लागि खेलको २४ औँ मिनेटमा १० नम्बर खेलाडी राजेश परियारले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच मच्छिन्द्र क्लवका राजेश परियार घोषित भए ।    उनले नगद १० हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै आज मंगलबार अन्तराष्ट्रिय क्लव अफ्रिकन रुट्स एसोसिएसन (अरास) र बागमती युवा क्लव सर्लाहीबिच खेल हुने आयोजकले जानकारी दिएका छन् । आजको खेलमा विजयी हुने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । फागुन २७ गते देखी शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुने आयोजकले जनाएको छ ।

Ad
Ad