इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्टह्याम युनाइटेडलाई २–० ले पराजित गरेको हो । आर्सनलका लागि ४८ औँ मिनेटमा मार्टिनेली र ८७ औँ मिनेटमा स्मीथ रोले गोल गरेका हुन् ।

६७ औँ मिनेटमा कोफाल दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि वेष्टह्याम १० खेलाडीमा सीमित भएको थियो । जितपछि आर्सनल चौथो स्थानमा उक्लिएको छ, उसको १७ खेलबाट २९ अंक भएको छ। बुधबार राति नै भएको खेलमा ब्राइटनलाई १–० ले पराजित गरेको वुल्भ्स १७ खेलबाट २४ अंकसहित आठौँ स्थानमा छ । अर्को खेलमा क्रिष्टल प्यालेस र साउथह्याम्पटनले २–२ को बराबरी खेलेका छन् ।