Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौंडामा अगामी फागुन ५ गतेदेखि मेयरकप फुटबल हुने

Company Register

Advertisement

मकवानपुरको हेटौंडामा अगामी फागुन ५ गतेदेखि मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । सोमबार उपमहानगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षतामा भएको बैठकले मेयरकप फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । खेल सञ्चालन गर्नका लागि नौ सदस्य समिति समेत चयन गरिएको छ । खेल लोकतान्त्रिक चौर हुप्रामा हुने छ ।

नगरखेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको संयोजकत्वमा समिति चयन गरिएको हो । सदस्यहरुमा सुनिल लोप्चन, सुदिप राजबाहक, युनाल मल्ल, प्रितम खड्गी, सुनिल खड्गी, सुवास विडारी र सुपेन्द्र कार्कीलाई चयन गरिएको छ । त्यसैगरी बैठकले उपमेयर मिना कुमारी लामा प्रमुख सल्लाहकार रहेको ७ सदस्य सल्लाहकार समिति गठन गरेको हो । सल्लाहकारहरुमा प्रताप विष्ठ, हरि हुमागाई, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, सानु लामा, भीम तिमल्सीना, टिका लामा, रुपक महत चयन हुनु भएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...