हेटौंडाले जित्यो अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधी

दोस्रो संस्करणको मकवानपुर जिल्ला स्तरीय अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधी हेटौंडा उपमहानगरपालिकाले जितेको छ । शनिबार हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा भएको प्रतियोगिताको फाइनल खेलमा मकवानपुरगढी गाउँपालिकालाई ४–० फराकिलो गोलअन्तरले हराउँदै हेटौंडाले उपाधी जितेको हो ।

हेटौंडाको जितमा विनोद घलान, लक्ष्मण बिडारी, सामेल सुनार र प्रितम स्याङ्बोले समान एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच सुनार घोषित भए । जितसँगै हेटौंडाले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गढीले १ लाख रुपैयाँमा चित्त बुझाएका छन् । हेटौंडा साविक उपविजेता समेत हो ।

May be an image of 3 people, people standing, people sitting and outdoors

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हेटौंडाका सामेल सुनार घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विधागत उत्कृष्ट सबै हेटौंडाका घोषित भएका छन् । गोलरक्षक हेटौंडाका गोपी बर्तौला, डिफेन्डर धिरज भ्लोन, मिडफिल्डर प्रितम स्याङ्बो, फरवाड सागर कटुवाल र प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

अनलाइनपत्र संवाददाता

Next Post

चैते दशैँको अवसरमा आज सार्वजनिक विदा

Tue Mar 28 , 2023
गण्डकी प्रदेश सरकारले चैते दसैँको अवसरमा आज चैत १५ गते बुधबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा […]

सम्बन्धित खबर