Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

आइपीएल :सन्दिप आवद्ध दिल्ली क्यापिटल्सको विजय सुरुवात

[Ads]

Advertisement

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आईपीएलमा विजयी सुरूवात गरेको छ । आइतबार राति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हराएको छ । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनाएको खेलमा केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै विकेट कागिसो राबा‍डाले लिए । तीन रनको लक्ष्य दिल्लीले तीन बलमा पूरा गर्‍यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए । ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट लिए ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

Loading...