मकवानपुरको हेटौंडामा जारी सहीद स्मृति फुटबल प्रतियोगितामा आज भएको खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान संस्थानको खेल मैदानमा जारी खेलमा आज दाश्रो दिन त्रिभुवन आर्मी क्लवले जावलाखेल क्लवलाई ट्रेईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुबै टिम गोल रहित बराबरी्मा रोकिएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

 

ट्राईब्रेकरमा आर्मीका गोल रक्षकले लगातार दुई बल रोकिदा आर्मी ४–२ गोल अन्तरले विजयी भएको हो । त्रिभुवन आर्मी जितसंगै सेमिफाईनलमा प्रवेश गरेका छन् । आजको खेलमा म्यान अफ दि म्याच त्रिभुवन आर्मी क्लवका गोलरक्षक विवश चौधरी भएको छ । उनले दश हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । भोलि शनिबार नेपाल पुलिस क्लव र संकटा क्लवबिच खेल हुने आयोजकले जानकारी दिएको छ ।

No description available.