काठमाडौं – यसअघि नै लोकप्रिय बनिसकेको ‘रेलको बाटो’को अफिसियल भिडियो सार्वजनिक भएको छ। कलाकार चिरञ्जीबी सापकोटाको मुख्य अभिनय रहेको गीत हिजो बिहीबार सार्वजनिक गरिएको हो।

कर्णाली प्रदेशको विकट मानिएको डोल्पा जिल्लास्थित से–फोक्सुण्डो ताल आसपासमा गीतको छायांकन गरिएको थियो। गीतमा कर्णालीको दुर्गम परिवेशलाई भिडियोमा देखाइएको छ। सुरज पण्डितको आवाजमा रहेको यो गीतमा चिरञ्जीबी सापकोटासहित सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय छ।

गीतको शब्द लेखराज गिरीले लेखेका हुन्। भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। यसअघि यही गीतको छायांकनका लागि डोल्पाको शे फोकसुन्डो पुगेको कलाकारहरुको टोली हाई अल्टिच्युटको सिकार भएका थियो । पछि नेपाली सेनाको हेलिकोप्टरले बिरामीको उद्धार गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू