यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश


काठमाडौं – ‘पारा’ बोलको र्याप गीत सार्वजनिक गरेसँगै विवादमा तानिएका र्यापर समीर घिसिङ उर्फ भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

Advertisement
गीत संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको जनाउँदै अदालतले पक्राउ नगर्न आदेश दिएको हो ।
भिटेनले उच्च अदालत पाटनमा प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाएर गत कार्तिक १६ मा निषेधाज्ञासम्बन्धी रिट निवेदन दायर गरेका थिए ।
मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई पक्राउ नगर्न साइबर ब्यूरो र प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश जारी गरेको हो ।
भिटेनको र्याप गीत सार्वजनिक भएसँगै गीतमा समावेश भएका शब्द अश्लील भएको भन्दै प्रहरीले भिटेनलाई पक्राउ गर्ने तयारी गरेको थियो
गीत युट्युब नेपालको ट्रेन्डिङ एकमा परेपछि थप चर्चा चुलिएको थियो ।
भिटेनले उक्त गीतमा प्रहरीलाई नै ‘काउन्टर’ दिएका छन् । गीतको भिडियोमा प्रहरीको गाडी जलाएको प्रहरीसँगै बसेर धुम्रपान गरेको दृश्य समावेश छन् ।
प्रहरी प्रधान कार्यालयले उक्त गीतले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दै भिटेनलाई पक्राउ गर्न साइबर ब्यूरोलाई पत्र काटेको थियो । त्यसपछि भिटेनले उक्त गीत ‘मेम्बर अन्ली’ बनाएर माफी मागेका थिए ।