यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



काठमडौं – बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्रै गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको हो ।

Advertisement
कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको चौतर्फी आलोचना समेत भइरहेको बेला बीमा समितिले बीमा कम्पनीलाइ यस्तो निर्देशन दिएको हो ।
कोरोना बीमाको दावी भुक्तानी ढिला सुस्ती भएको गुनासो आइरहेको थियो । बीमा दावी भुक्तानीमा ढिलाइ भएको भन्दै अर्थ मन्त्रालयले बीमा समितिलाई पत्र काटेको थियो । त्यस अनुसार समितिले सात दिन भित्र दावी भुक्तानी दिने व्यवस्था मिलाउन निर्नेशन दिएको हो ।
