काठमाडौं – नेपाल बङ्गलादेश बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको छ ।

यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्डबाट ग्राहकहरुले भारत बाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका बिदेशी बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्नेछन् ।

उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थी वर्गका लागि बिदेशबाट मगाइने आई–२० को लागि पनि उक्त कार्डबाट भुक्तानी गर्नसक्ने जानकारी गराएको छ । साथै सामाजिक सञ्जालमार्फत आफ्नो ब्यवसाय प्रर्वद्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्नसक्ने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिदै आएको छ ।