एनसेलमा ग्राहकले १० जीबी डेटा खरिद गर्दा थप १० जीबी बोनस

Company Register

काठमाडौं – एनसेल एपबाट १० जीबी डेटा किन्दा थप १० जीबी सित्तैमा पाइने भएको छ । ग्राहकले एपबाट ४९९ मा १० जीबी डेटा खरिद गर्दा थप १० जीबी डेटा बोनसमा पाउने भएका हुन् । कम्पनीका अनुसार यो प्याक ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । एनसेल एपबाट अनलाइन रिचार्ज, बाँकी रहेको डेटा चेक गर्न, डेटा प्याक किन्न, हरेक दिन १० एसएमएस निःशुल्क पठाउनका साथै कम्पनीका अफर र अन्य जानकारी पाउन सकिन्छ ।

Advertisement

त्यस्तै एपमार्फत ग्राहकले गुनासो दर्ता र मासिक बिल र सेवा खपतको ट्रयाकिङ लगायतका कार्यहरु पनि गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...