Menu

‘लाइफ इन एलए’ को पोस्टर सार्वजनिक

सूर्य एन श्रेष्ठको निर्देशनमा सिनेमा ‘लाइफ इन एलए’ बन्ने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेको हो।

अप्रिल पहिलो साताबाट अमेरिकाको एलए (लस एन्जल्स) बाट छायांकन सुरु हुनेछ। नेपालको पोखरा र एलएमा खिचिने सिनेमाको कथा अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षमा आधारित हुने बताइएको छ।

बाश इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने सिनेमामा अकेशा बिष्ट, बाश विस्सु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र विशाल ढकालको अभिनय रहनेछ। सिनेमाका कार्यकारी निर्माता संसार ए सुवेदी हुन्।

राजेन्द्र ठकुराठी निर्माता रहेको सिनेमामा सुदीप बरालको छायांकन रहनेछ।

‘लाइफ इन एलए’मा श्रीकृष्ण बम मल्लको संगीत, उज्वल ढकालको सम्पादन, प्रतिक्षा श्रेष्ठको मेकअप, प्रदीप आचार्य र प्रवीन खत्रीले प्रोडक्सन डिजाइनरको भूमिकामा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad