काठमाडौं – मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहदै ९३ हजार २ सयमा नै कारोबार भइरहेको छ ।

यसअघि सोमबार पनि छापावाला सुन तोलाको ९३ हजार २ सयमा नै कारोबार भएको थियो ।  त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोमाला १० रुपैँयाले घटेर प्रतितोला १३५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।