Comments Add Comment

आइएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोस्रो वर्षमा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ ।

आइएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई दिने कम्पनीले विश्वास लिएको जनाएको छ ।

लाइफ इन्स्योरेन्स कम्पनीमध्ये च्याटबोटमार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आइएमई लाइफ इन्स्योरेन्सले एक वष अघि सो सेवा उपलब्ध गराएको हो । एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीले जनाएको छ ।

थप सुविधा दिन तथा प्रविधिमैत्री बनाउनको लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स तथा डिजिटल प्रविधि अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाइएको छ । बितेको एक वर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हालसम्म करिब १ लाख ७० हजार वटा प्रश्न आएको तथा च्याटबोटद्वारा समाधान गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर