तपाईको आजको  राशीफल

मेष (चुचेचोलालिलुलेलोअ)
आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

वृष (इ,वाविवुवेवो)
सौन्दर्यतामा धन खर्च हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन (काकिकुकेकोहा)
आत्मविश्वास बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसँग भेट पनि हुनेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)
आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन । विद्या र बुद्धिको विकास हुनेछ । पुँजी बजारको क्षेत्रबाट सफलता मिल्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)
गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आस्था बढ्नेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।

कन्या (टोपापिपुपेपो)
इष्टमित्र संग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि पाइएला ।

तुला (रारिरुरेरोतातितुते)
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

वृश्चिक (तोनानिनुनेनोयायियु)
आज जुनै समाचारले शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

धनु (येयोभाभिभुधाफाढाभे)
आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । पारिवारिक समस्या पनि बढ्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)
सामान हराउने वा चोरी हुने भय छ । टाउको दुख्ने तथा रुघा लाग्नेजस्तै समस्याले सताउन सक्छ, तर शेयर बजारबाट लाभ भने मिल्नेछ ।

आज शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सांस्कृतिक क्षेत्रबाट सफलता मिल्नेछ ।

मीन (दिदुदेदोचाचि)
चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । शुभ कार्य पनि होला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।