नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा ईन्द्र बहादुर बानियाँ विजयी हुनु भएको छ । उहाँले अर्का प्रतिस्पर्धि जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै विजयी हुनु भएको हो ।

बानियाँ देउवा पक्ष र कृष्ण सिटौलापक्षका साझा उमेदवार हुनुहुन्छ भने केसी रामचन्द्र पौडेल पक्षका उमेदवार हुनुहुन्छ । कुल २१ सय ५१ मतमध्ये २ हजार २५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरि विजय हुनु भएकाे छ भने अर्का प्रतिस्पर्धि केसीले ९२७ मत प्राप्त गर्नु भएकाे छ । कांग्रेसको बागमती प्रदेश अधिवेशनमा पहिलो चरणको मतदानमा कुनैपनि उमेदवारको ५१ प्रतिशत मत नआएपछी आईबार पुनः मतदान भएको हो ।हेटौंडाको फरेष्ठी खेल मैदानमा भएको चुनाबमा बानियाँले बिजय प्राप्त गर्नुभयो । आजै मात्र कृष्ण सिटौला पक्षले पत्रकार सम्मेलन गरेर बानियाँलाई समर्थन गरेका थिए ।