काठमाडौं । व्यवसायी एवम् मोडल पूर्ण लम्साल आफ्नो बिल्कुलै नयाँ कोसेली ‘चोखो माया’को साथमा आएका छन् । अमेरिकामा बसेर कलाकारितामा सक्रिय लम्साल अभिनित यो पाँचौ म्युजिक भिडियो हो ।

रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक रंजन राईको सुमधुर स्वर सुन्न सकिन्छ। रवि मल्लको शब्द रहेको यस गीतलाई नविन कार्कीले संगीतवद्द गरेका हुन्। गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ।

अमेरिकामा छायांकन गरिएकोमा कस्मेटोलोजिस्ट र अन्तराष्ट्रिय बिजिनेसमा मास्टर्स गर्दै गरेकी बिष्णु मिश्र र पूर्ण लम्साल विचको अन्स्क्रिन रोमान्स प्रस्तुत गरिएको छ। शैलेश घलेले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू