Comments Add Comment

सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालले जितेको छ । भर्खरै सम्पन्न फाईनल खेलमा उज्वेकिस्तानलाई ३–२ सेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

योसँगै नेपालले लगातार दुई पटक स्वर्ण पदक जितेको छ। नेपालले बंगलादेश, माल्दिभ्स, उज्ज्वेकिस्तान र कीर्गिस्तानलाई समान ३–० सेटमा हराएको थियो। फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो। दुई वर्षअघि घरेलु मैदानमै भएको प्रतियोगितामा नेपाली पुरुष टिम समूह चरणबाटै बाहिरिएको थियो भने त्यही वर्ष बंगलादेशमा आयोजना भएको महिलातर्फको प्रतियोगितामा भने नेपालले स्वर्ण पदक जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर