काठमाडौँ । नेपाली भाषी गायक पुष्प गजमेरले ‘सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  सेण्टिमेण्टल भर्सनमा आधारित यस गीतमा स्वयम् गायक गजमेरको शब्द अनि संगीत रहेको छ।

अमेरिकामा बस्दै आएका गायक गजमेर विगत २ दशक  देखि संगीतमा सक्रिय छन्।  हिमालयन म्युजिक एकेडेमीका  सिइओ समेत रहेका गजमेरको एकेडेमीमा बाध्यवादन, नृत्यको प्रशिक्षण हुने गरेको छ । यस गीतलाई सुमित बिश्वकर्माले संगीत संयोजन गरेका हुन्।आकाश श्रेष्ठ र जेबिका कार्की बीचको प्रेम र वियोगलाई भिडियोमा प्रस्तुत गरिएको छ।

शंकल भुजेलले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्।  हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडमीको प्रस्तुति रहेको यस भिडियोलाई शिशिर खातीको निर्देशनमा तयार पारिएको हो।  शान्ती गजमेर निर्मात्री रहेको यस भिडियोलाई ‘हिमालयन म्युजिक एकेडमी’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू