काठमाडौं – निर्देशक मदन घिमिरेको निर्देशनमा बनेको फिल्म ‘एक्टर’ आगामी माघ ४ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण युनिटले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक मनोहरि थापाले ‘एक्टर’ लाई मुलुकको आवश्यकता र वर्तमान चुनौतीलाई सामना गर्ने उद्देश्यले निर्माण गरिएको बताए। उनले भने, “फिल्मले युवाले देखेको सपना पूरा गर्नका लागि कति संघर्ष र कठिनाइ सामना गर्नुपर्छ भन्ने यथार्थलाई प्रस्तुत गरेको छ। यसले युवा जगतलाई सकारात्मक सन्देश दिन्छ।”

फिल्मले रोजगारी, युवा समस्याहरू, प्रेम, रोमान्स र थ्रिलरको विषयलाई समेटेर आधुनिक परिवेशमा आधारित कथा प्रस्तुत गर्ने निर्देशक थापाले बताए।

करीब २ घण्टा १५ मिनेटको यो फिल्ममा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, र महेन्द्र मैनालीलगायतका कलाकारले अभिनय गरेका छन्।

सम्राट थापाको कथा तथा संगीत रहेको यस फिल्ममा सम्राट बस्नेतले द्वन्द्व निर्देशन गरेका छन् भने छायाङ्कन युवराज राई र डम्बर राईले गरेका छन्। नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको ‘एक्टर’ लाई टिभी पत्रकार मनोहरि थापाले निर्माण गरेका हुन्।

निर्देशक थापाले दर्शकको माया र सही प्रचार-प्रसारको सहयोगले फिल्म ‘एक्टर’ सफल हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू