लोकप्रिय पप गायक सञ्जय श्रेष्ठ आफ्नो नयाँ यूगल पप गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। योःमरी पून्हीको अवसर पारेर गायक श्रेष्ठले आफ्नै यूट्युब च्यानलमार्फत यो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। यो कर्णप्रिय गीतमा गायक सञ्जय श्रेष्ठलाई गायिका शर्मिला वर्देवाले गायनमा साथ दिएकी छिन्। यो गीतलाई गायक श्रेष्ठ तथा संगीतकर्मी भूपेन्द्र बज्राचार्यले संगीत संयोजन गरेका छन् भने गीतका शब्दहरू कपिल लोहनीले तयार पारेका हुन्। गायक श्रेष्ठले यो पुरानो गीतलाई रि–क्रिएट गरेका हुन्, जसका लागि उनले वास्तविक सर्जकहरू सुनिल पराजुली, कपिल लोहनी, सुनिता सुब्बा तथा रिता राईलाई धन्यवाद ज्ञापन गरेका छन्। यस गीतमा सञ्जय श्रेष्ठको सांगीतिक समुह क्रस रोड पनि आवद्ध छ, जसमा पूनम सापकोटा (ड्रम), अभिनाष अस्थाना (गिटार), सलिल तामाङ (बास), विवेक परियार (किबोर्ड) तथा सञ्जय श्रेष्ठ (भोकल) रहेका छन्।

गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ। भिडियोमा गायक सञ्जय श्रेष्ठ आफैँ फिचर भएका छन् भने उनलाई मोडल बबिशा भण्डारीले साथ दिएकी छिन्। गायक सञ्जय श्रेष्ठकै अवधारणामा तयार भएको यो म्युजिक भिडियोको निर्देशन अमृत सुनुवारले गरेका हुन्, जसमा हृ्रतिक सिंह ठकुरीको छायांकन र अमृत सुनुवालको डीओपी छ। मनोरञ्जन श्रेष्ठले यो भिडियो सम्पादन तथा कलरिङ गरेका छन्। भिडियोमा प्रयोग गरिएको जर्मनमा बनेको पुरानो शैलीको कारले यसलाई थप आकर्षक बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू