Menu

‘भत्काइदिन्छु बाख्राको खोर पनि’ मार्फत प्रकाश ओझाको पुनरागमन

काठमाडौं – गायक प्रकाश ओझाको स्वरमा रहेको गीत ‍‘भत्काइदिन्छु बाख्राको खोर पनि’ पुन: रेकर्ड गरेर नयाँ भिडियो सार्वजनिक भएको छ। ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत यस गीतको भिडियो सार्वजनिक गरिएको हो।

ओएसआर डिजिटलको प्रस्तुति रहेको कमेडी गीतमा प्रकाश ओझाकै स्वर र संगीत रहेको छ। गीतको भिडियोमा प्रकाश ओझाका साथै कृष्ण शिवाकोटी, बिन्दा खतिवडा, बिनय पौडेल, कमला पौडेल, संचिता मगर, राम कार्की, ललित पहाडी, प्रेम चौधरी, छत्र दाई लगायतको अभिनय देख्न सकिन्छ।

डम्बर बिकेलको शब्द रचना रहेको यो गीत केहि बर्ष अघिको निकै चर्चित गीत हो। बसन्त निरौलाले निर्देशन गरेको भिडियोलाई दिब्यराज सुवेदीले छायांकन गरेका हुन्। भिडियोमा सुप्रिम पराजुलीको सम्पादन, पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad