Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

स्वर सम्राट नारायण गोपालको सम्झनामा गायक सुगमको ‘श्रद्धेय नारायणगोपाल’ गीत सार्वजनिक

Company Register

नजिकिँदै गरेको स्वरसम्राट नारायण गोपालको ३० औँ स्मृति दिवस को अवसर पारेर गायक सुगम पोखरेलले स्वर सम्राट् नारायण गोपाल को सम्झनामा “श्रद्धेय नारायण गोपाल ” बोल को गीत सार्वजनिक गरेका छन्।

Advertisement

सुगमले गीतको भिडियो सँगै स्वरसम्राट नारायण गोपाल को छोटो चिनारी भिडियो पनि राखेका छन् ।

पछिल्लो समय केही फरक किसिमका गीत संगीत सार्वजनिक गरिरहेका सुगमले  नेपाली गीतका स्रष्टामाथि पहिलो पल्ट गीत  तयार पारेका हुन् । गीतमा शब्द संगीत सुगम आफै ले दिएका छन् भने  संगीत संयोजन मनोज कुमार के सी को रहेको छ। मन्दिप बखुंचे र मिलन तामाङले खिचेको गीतको भिडियोलाई मनोज सापकोटाले सम्पादन गरेका छन् भने निर्देशन  सुगम  सँगै  मनोज  सापकोटाले गरेका हुन्। गीतलाई सुगमको आफ्नै युट्युब मार्फत सार्वजनिक गरेका छन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...