अमेरिकामा आइटी पढ्ने क्रिस्टिना गुरुङ खड्का ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्री

Company Register

सिनेमा ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङ खड्का अनुबन्धित भएकी छन्। 
अमेरीकाबाट अडिसनमा सहभागी हुनकै लागि नेपाल आएकी क्रिष्टिनाले २७ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै सिनेमामा काम गर्ने अवसर पाएकी हुन्। २७ सय १४ जनाबाट उत्कृष्ट २५ र त्यसपछि टप ५ छानिएको थियो ।

Advertisement

ya thau khali xa

क्रिस्टिना गुरुङ खड्कासंग गरिएको कुराकानी हेर्नुहोस्:

आशुसेन फिल्म्सका निर्देशकद्धय छेतेन गुरुङ र सन्तोष सेनले आज उनको नाम सार्वजनिक गरेका हुन्। हामीहरुका लागि सबै उत्कृष्ट हुनुहुन्थ्यो, क्रिस्टनालाई गीत पात्रका लागि छानेका छौं। अडिसनमा सहभागी हुनुभएकोमा सबैलाई धन्यवाद्, निर्माता सन्तोष सेनले भने, ‘अडिसनमा छानिएका उत्कृष्ट टप २५ लगायत अडिसनमा सहभागी हुनुभएका सबैलाई धेरै धेरै धन्यवाद्।’

आफू सिनेमामा अनुबन्धित भएपछि क्रिस्टिनाले आफ्नो फेसबुक पेजबाट सबैलाई धन्यबाद दिएकी छन्। अडिसनमा सहभागी २४ जनालाई पनि उनले विशेष सम्झेकी छन्। आसुशेन फिल्म्स को ब्यानरमा जोडिन पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएकी छन्।

निर्माण टिमले शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी र अब क्रिष्टिना गुरुङ यो सिनेमाका लागि फाइनल भएका छन् । सिनेमाको मुख्य अभिनेता र अन्य दुई बालकलाकारसहित निर्माण टिमले चाँडै सिनेमाको घोषणा गर्ने जनाइएको छ ।

फोटोमा हेर्नुहोस् क्रिस्टिना गुरुङ खड्कालाई

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...