काठमाडौं – साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको  ‘पत्थर जस्तो दिल’ नामक  म्युजिक भिडियो  सार्वजनिक भएको छ । यस गजलमा चर्चित गजल गायक थानेश्वर गौतमले संंगीत तथा स्वर प्रदान गरेका छन् । गजललाई कमल सौरागले संगीत संयोजन गरेका हुन्।

विशुुद्ध मनोरञ्जनात्मक  यस भिडियोमा  एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ।  म्युजिक भिडियोमा सुधिर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय रहेको छ । स्वयम्  रचनाकार नरेश ज्ञवाली निर्माता रहेको यस भिडियोलाई  रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो।  गायक गौतमको आधिकारिक च्यानल ‘थानेश्वर गौतम’ मार्फत भिडियो सार्वजनिक भएको हो।

विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आएका युवा साहित्यकार ज्ञवाली विदेशमा बसेर पनि नेपाली कला–साहित्यलाई अगाडि बढाउन प्रयासरत छन्। उनले दर्जनौं गजल र  कविताहरु लेखेका छन् ।  आफ्नो पहिलो सिर्जनालाई सुनेर हेरेर प्रतिक्रिया दिन ज्ञवालीले सबै दर्शक, स्रोतालाई आग्रह गरेका छन्।

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू