सञ्चारकर्मी वाईबा अभिनित म्युजिक भिडियो सार्वजनिक

अनलाइन पत्र संवाददाता२०७६-०४-०१ No Comments

गीतकार तथा गायिका फुलमाया थिङ्गको ‘धोका दियो आफ्नै छायाँले’ बोलको म्यजिक भिडियो बुधबार सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा मकवानपुरे सञ्चारकर्मी राममाया वाईबाको अभिनय रहेको छ । मकवानपुरे सञ्चारकर्मी अहिले धादिङ जिल्लामा रहेको रेडियो राजमार्गमा आवद्ध छिन् ।

वाईबाले यसअघि नै ३ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनी सञ्चारकर्मी मात्र नभई शिक्षिका समेत रहेकी छन् । उनले थाहानगर पालिकामा रहेको सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गर्दै आईरहेकी छन् ।

गीतको म्युजिक भिडियो फुलमाया थिङकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । जनक लामा र अर्चना स्याङ्तानको आवाज रहेको गीतमा फुलमाया थिङको शब्द, सुजन तामाङको लय र राकेश सोनीको एरेञ्ज रहेको छ । भिडियोमा गायिका फुलमाया थिङसंगै ईफास तामाङ, राममाया वाइबा, र खगेन्द्र लिम्बुको अभिनय रहेको छ । प्रविन थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका हुन् । बिरबहादुर थारुको सम्पादनमा तयार भएको भिडियोका निर्माण नियन्त्रक नवराज भट्टराई हुन् ।

हेर्नुहोस् भिडियो

https://youtu.be/MAIfBY1i5Zo
Chat Icon
Ad
Ad