विप्लव समुहद्धारा सरकारी गाडी साउन ७ देखी गुड्न नदिने

Company Register

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ । विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर यस्तो घोषणा गरेको हो । विज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशाको सफल कार्यान्वयनका साथ अगाडि बढिरहेको छ । यस प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको छ,’ । ’राजनीतिक लडाइँको मोर्चामा हारेको सत्ताले हाम्रा नेता कार्यकर्तालाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना र हत्याका घटना गराएको छ । यसरी हाम्रो आन्दोलनलाई ठेगान लगाउन नसकेपछि वार्ताको भ्रमपूर्ण प्रचारसहित अरू दमनको तयारी गरिरहेको छ ।’

Advertisement

गाउँ गाउँमा सिंहदरबारको नाममा चर्को कर अुसली र दमन अभियान चलाइएकाले प्रतिरोधमा उत्रिनुपरेको विज्ञप्तिमा उल्लेख छ । ’गाउँ–गाउँमा सिंहदरवारको नारामा गठित स्थानीय सरकारले चर्को कर असुल्ने र जनतामाथि नै दमन गरेर जनपक्षीय आवाजलाई बन्द गर्ने काम गर्दैछ । जनप्रतिनिधिहरु नै ठेक्कामा सामेल हुने, आफ्नै टिप्पर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन’, विज्ञप्तिमा भनिएको छ, । त्यहीविरूद्ध प्रतिरोधका लागि साउन ७ गते देखी सेतो नम्बर प्लेटका गाडीहरु सडकमा गुड्न नदिने घोषणा गरिएको छ ।

ya thau khali xa
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...