विश्वकप फुटबलको छनोटमा नेपाल समुह ‘बी’ मा

Company Register

अगामी कतारमा हुने २०२२ को फिफा विश्वकप फुटबलको छनोटको लागी दोस्रो चरणमा नेपाल समूह ’बी’ मा परेको छ ।

Advertisement


बुधबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेई र जोडर्न रहेका छन् । दोस्रो चरणको छनोटबाट १२ टिमले अन्तिम चरणमा स्थान बनाउनेछन् । जसमा समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को एसियन कपमा पनि स्थान बनाउनेछन् ।

ya thau khali xa


दोस्रो चरणको छनोटमा एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरिएको हो । फिफाको क्यालेन्डरअनुसार दोस्रो चरणका खेलहरु आगामी सेप्टेम्बरदेखि अर्को वर्षको जुन नौ तारिखसम्म हुनेछन् । नेपाल एसियाको वरीयतामा शीर्ष ३४ भित्र परेपछि पहिलोपटक नेपालले सोझै विश्वकपको दोस्रो चरणमा स्थान बनाएको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...