हेटौंडाका ११३ जना एमालेमा प्रवेश

Company Register

हेटौंडाका १ सय १३ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले उनीहरुलाई एमालेमा स्वागत गरेका हुन् । नेपाली कांग्रेस, एमाओवादी, राप्रपा तथा विभिन्न स्वतन्त्र युवाहरु एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा टिका श्रेष्ठ,प्रज्वल क्षेत्री, नविन अर्याल, बुद्धि थिङ, जयराज जोशी, राजु तामाङ, जेन खड्गी, नविन थापा मगर, दिपेश भ्लोन लगाएतका रहेका छन् ।

Advertisement

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले एमाले मात्र देश विकासको अभियानमा हिड्ने पार्टी भएको बताए । एमालेको पालामा देश विकासले फड्को मारेको भन्दै जालझेल गरेर सरकार गिराईएको उनले बताए ।कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले देश विकासमा एमालेको विकल्प कुनैपनि पार्टी नरहेको बताए । युवाहरुको लागि एमालेले विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै उनले नव प्रवेशी युवाहरुलाई एमालेमा स्वागत गरेका थिए । कार्यक्रमा एमालेका नेताहरु अनन्त पौडेल, जुनेली श्रेष्ठ, लगाएत एमालेका युवा नेताहरुको उपस्थिती रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...