
पत्रकारलाई धम्की दिने मकवानपुरगढी गाँउपालिका ३ का रामप्रसाद घिमिरे पक्राउ परेका छन् । हेटौँडामा सञ्चालित तु खबर डट कमका पत्रकार बलराम पुडासैनीलाई मकावनपुर गढी गाँउपालिका ३ मा निर्माण गरेको स्याल्ब ढलान केहिदिनमै चर्कन सुरु भएको तथा ढलान गर्ने क्रममा लापरबाही भएको विषयमा समाचार लेखेको भन्दै पुडासैनीलाई घिमिरेले फोन मार्फत धम्की दिएको हो ।
घिमिरेले पत्रकार पुडासैनीलाई फोन मार्फत धम्क्याउदै अश्लिल शब्दहरु प्रयोग गरेको थियो । यस विषयमा पत्रकार पुडासैनीले जिल्ला प्रहरी कार्यालय मकवापनुरमा उजुरी दिएसँगै उनी अहिले प्रहरी हिरासतमा रहेका छन् । केहि समुह जम्मा गरी गढीगाँउपालिका अगाडी रहेको चौतारामा बसी पत्रकारलाई गालीगलौजसहित धम्की दिने र पत्रकारलाई ज्यान मार्नेसम्मको चेतावनी दिने घिमिरेलाई अहिले मकवानपुर प्रहरीको हिरासतमा राखिएको छ । प्रहरी कार्यालयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डिएसपि यज्ञ प्रसाद भट्टराई समक्ष उनले आफुले पत्रकार बलराम पुडासैनीलाई फोन मार्फत गाली गरेको समेत स्वीकार गरेका छन् । उनलाई दश दिन थुनामा राखी छानबिन गर्ने भएको छ ।
Tags
No tags
About the Author
Related Articles
भोलि र पर्सि बिदा
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






