शुभ दिपावली २०७९ को अवसरमा हेटौंडा–१३ बनस्पतिमा जनहित युवा समुहको आयोजनामा भएको नकआउट फुटबल प्रतियोगिताको उपाधि साहारा टोल विकासले जितेको छ । मंगलबार भएको फाईनल खेलमा साहाराले विन्दावासिनी बी लाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि जितेसँगै साहाराले नगद १५ हजार प्राप्त गरेका छन् भने उपविजेता हुँदै विन्दावासिनीले १० हजार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा जडीबुटी बी ले भने तेस्रो स्थान हासिल गर्दै नगद ५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी प्रदिप लामा घोषित भए भने उत्कृष्ट गोल रक्षक सुबित महतो घोषित भए । त्यस्तै रमेश प्रजा अनुसासित खेलाडी घोषित भए ।