यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडा गोल्डकप : उपाधिका लागि आज आयोजक र भरतपुर भिड्दै



Advertisement
वाग्मती प्रदेशको राजधानी हेटौंडा स्थित फोरेष्ट्रि खेल मैदानमा जारी भिडोल विजय युथ क्लबको आयोजनामा भईरहेको हेटौंडा गोल्डकपको उपाधिका लागि आज आयोजक विजय युथ क्लब हेटौंडा र सेन्ट्रल कलेज भरतपुर बीच खेल हुँदैछ । सेन्ट्रल कलेज भरतपुरले सेमिफाईनल खेलमा हर्दी युवा समाज राप्तीलाई हराउँदै फाईनलमा प्रवेश गरेका थिए भने आयोजक विजय युथ क्लबले सेमीफाइनल खेलमा बागमती युवा क्लव सर्लाहीलाई पछि पार्दै फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगितामा विजयी टिमले उपाधिसहित नगद ३ लाख रुपैयाँ नगद हात पार्नेछ भने उप–विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा दश टिमको सहभागिता रहेको थियो ।