मकवानपुरको बागमती गाउँपालिकामा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन् । आईतबार दिउँसो बागमती गाउँपालिकाको वडा नंम्बर ७ मा जन्ती बोकेको ना ८ त ८०७३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । मृत्यु हुनेमा अन्दाजी १६ वर्षीया सलिना राई रहेकी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाईते मध्ये ६ जना गम्भीर घाईते रहेको प्रहरीको भनाई छ । घाईतेहरुको हेटौंडा अस्पतालमा ल्याएर उपचार भईरहेको प्रहरी जानकारी दिए । भएको उनिहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ । बागमती गाउँपालिका–९ बेतिनीबाट सिन्धुलीतर्फ जन्ती बोकेर जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।