नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको छ । यही शुक्रबार र शनिबार हेटौंडामा हुने भनीएको राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको स्थानीय समन्वय समितिका संयोजक एंव केन्द्रीय सदस्य राममणि दाहालले बताए । बुधबार केन्द्रीय अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष इश्वरी ओझा कार्यवहाक महासचिव भीष्मराज ओझा कोषाध्यक्ष सरोज अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी(पोष्टराज) लगायत युनियनकर्मीहरुको उपस्थिती बसेको बैठकले महाधिवेसनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

महाधिवेसनमा संघीय संरचना अनुरुप विधान संसोधन सहित निर्वाचन कार्यक्रम समेत रहेको छ । देशभरबाट सोह्र सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थिती रहने युनियनले जनाएको छ । सोह्र सय प्रतिनिधिलाई खाना आवासको लागि तयारी पुरा हुनुका साथै ५ गते विहीबार नै प्रतिनिधिहरु हेटौंडा आउने दाहालले बताए । महाधिवेसनको उद्घाटन नेपाली कांग्रसेका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गरिने कार्यक्रम रहेको युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले बताए । शुक्रबार विहान उद्योग वाणिज्य संघ अगाडीबाट प्रभातफेरी गरिदैं कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा महाधिवेसन कार्यक्रम हुने अधिकारीले बताएका छन् ।