आजबाट हेटौंडामा आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । युरोपियन युनियन र नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा एक हप्ते आधारभुत पत्रकारिता तालिम सुरु भएको हो । हेटौंडाको सुर्यान्स होटलमा आजबाट सुरु भएको तालिम पुस १५ गतेसम्म सञ्चालन हुनेछ । तालिम दैनिक दुई सिफ्ट गरेर सञ्चालन गर्ने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताएका छन् ।

तालिमको पहिलो सिफ्ट बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने छ । तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने अध्यक्ष गौतमको भनाई छ । तालिममा ४० जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा ले प्रशिक्षण दिने छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता र केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा को प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष प्रताप विष्ट, सल्लाहकार बालकृष्ण अधिकारी, प्रदेश महासंघ महासचिव कृष्णसारु मगर , मकवानपुर महासंघका पूर्व अध्यक्ष नवराज शर्मा, कौशल पाण्डे, राममणि दहाल, भानुभक्त आचार्य, हरि हुमागाई, महासंघ केन्द्रीय समितिका कार्यक्रम प्रवन्धक संघर्ष पन्त, इन्टरनेशनल एलर्टका वरिष्ठ कार्यक्रम अधिकृत विजय क्षेत्रीको आतिथ्यता रहेको थियो ।