एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले आज उपाधिका लागि उज्वेकिस्तानसँग खेल्दै छ । नेपाली महिला टोली समुह चरणको सबै खेलमा जित निकाल्दै फाईनल प्रवेश गरेको थियो । सोमबार समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।