Comments Add Comment

बागमती गोल्डकपमा आज जावलाखेल र सिमरा भिड्दै

मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप फुटबलमा आज जावलाखेल युथ क्लब ललितपुर र नव जन जागृती युवा क्लब सिमरा बिच खेल हुने भएको छ । जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा आज बुधबार चौथो दिनको खेल हुने भएको हो । मंगलबार भएको खेलमा बागमती युवा क्लब सर्लाही सेमिफाइनलमा प्रवेश गरेको छ । हिमालयन शेर्पा क्लबलाई २ का विरुद्ध ३ गोल गर्दै बागमती युवा क्कव सेमिफाईनल प्रवेश गरेको हो । खेल दिउसो ३ बजे हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजेता हुने टोलीले ८ लाख, उपविजेता टोलीले ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई जनही १०–१० हजार, र प्रत्येक दिनको खेलमा म्यान अफ दि म्याचलाई ५–५ हजार प्राप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर