राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईजलाई हराएर सिजनको पहिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज ९बिबिसी०लाई ३–१ गोल अन्तरले हराउँदै सिजनको पहिलो जित निकालेको हो।

रोमाञ्चक जितसहित शेर्पाले ५ खेलबाट तालिकामा ५ अंक जोडेको छ। शेर्पा नवौं स्थानमा उक्लिएको छ। समान खेलबाट समान अंक भएको बिबिसी गोल अन्तरका आधारमा तालिकाको दशौं स्थानमा झरेको छ। लिगमा आज एक खेल हुनेछ। आज दिउँसो १ः०० बजे दशरथ रंगशालामा फ्रेन्ड्स र एपिएफ आमनेसामने हुनेछन्।