Comments Add Comment

एबीसी पोखरालाई आठौं हेटौंडा राष्ट्रिय भेट्रान्सको उपाधि

हेटौंडामा सम्पन्न आठौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि एवीसी भेट्रान्स पोखराले जितेको छ । हेटौंडा –५, पिप्लेक्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा बानेश्वर भेट्रान्स काठमाडौंलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखराको एबीसी भेट्रान्सले उपाधि उचालेको हो । उपाधि उचालेसँगै एबिसि पोखराले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेता बन्दै बानेश्वर भेट्रान्सले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेका छन् । खेलको म्यान अफ द म्याच एवीसीका तेज बहादुर गलानी थापा भएका थिए ।

प्रतियोगितामा पोखराका राजकुमार घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै उत्कृष्ट फरवार्ड बानेश्वरका युवराज भुजेल, उत्कृष्ट मिल्ड फिल्डर एवीसीका विजय गुरुङ, उत्कृष्ट डिफेन्डरमा एवीसीका कन्या सुब्बा गुरुङ, उत्कृष्ट गोल किपरमा एवीसीका खीमबहादुर गुरुङ, र वेस्ट कोचमा एबीसीका खेम बहादुर गुरुङ भएका छन् । विजेता र उपविजेतालाई हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले पुरस्कार प्रदान गरेका थिए ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै