आजबाट मकवानपुरमा निजि सवारी साधनमा जोरविजोर प्रणाली लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले गएराती १२ बजेबाट लागु हुने गरी नयाँ मोडालिटि सहितको निषेधज्ञा जारी गरेपछि आजबाट मकवानपुर जिल्लाभर नीजि सबारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालनमा आउने भएका छन् । विशवब्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस संक्रमण न्यूनिकरणको लागि भन्दै प्रशासनले गत बैशाख २१ गतेबाट लागु गरेको निषेधज्ञालाई केही खुकुलो गर्दै एक हप्ता म्याद थप गरी कार्यलयले यस्तो ब्यवस्था गरेको हो ।

निषेधज्ञामा अटो तथा टेम्पोलाई पनि जोर बिजोर प्रणालि अन्तर्गत स्वास्थ्य मापदण्ड पालना गर्दै २ जना यात्रुलाई बोक्नको लागि छुट गरिएको छ । अर्थात अब अटो तथा टेम्पुहरुले एक पटकमा दुईजना यात्रुलाई बोक्न पाउने भएका छन । तर प्रशासनले सार्वजनिक यातायातको महत्वपूर्ण सबारीको रुपमा रहेको बस, मिनिबस, माईक्रो, सुमो लगाएतको सेवालाई भने सञ्चालनको अनुमती दिएको छैन् ।