Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा शनिबार बिहान थपिए १२० जना कोरोना संक्रमित

Company Register

मकवानपुरमा शनिबार बिहानै थप १२० जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरु धेरैजसो हेटौंडा उपमहानगरपालिका क्षेत्रका छन् । शनिबार बिहान आएको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तह र अन्यत्र घर भई मकवानपुरमा बसोबास गर्नेसहित १२० जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

हेटौंडा उपमहानगरपालिकाका जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रमा १०३ जना कोरोना संक्रमित फेला परेका छन् । यस्तै मनहरी गाउँपालिकामा ६ जना, भीमफेदी, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकामा पनि कोरोना संक्रमित थपिएका छन् । अन्यत्र घर भइ मकवानपुर बस्ने ३ जनामा पनि कोरोना देखा परेको छ । २१८ जनाको स्वाब परीक्षण गर्दा १२० जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...