2025-11-19 8:00 am

अन्तर जेसीज वक्तृत्वकला प्रतियोगितामा सन्तोष पराजुली प्रथम

हेटौँडा – जेसीज सप्ताहको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आज भएको ‘भिजन, एक्सन, सक्सेस’ शीर्षकमा आयोजित प्रतियोगितामा सन्तोष पराजुली प्रथम भएका छन् । प्रतियोगितामा १२ जना जेसीज सदस्यहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा संजय कुमार न्यौपाने दोस्रो, किरण आले र विवेक फुयाल तृतीय स्थान हुन सफल भए । प्रतियोगिताको निर्णायक मण्डलमा सन् २००८ र २०१५ का शाखा अध्यक्ष क्रमशः कुश रिजाल र दिपक राज मिश्र रहेका थिए । सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा सम्पन्न वक्तृत्वकला प्रतियोगिताको संयोजक सृजन राज बज्राचार्य तथा सन् २००१ का पूर्व शाखा अध्यक्ष धर्मकृष्ण श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । यसैगरी जेसीज सप्ताह अन्तर्गत आज साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको थियो ।

सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको अध्यक्षतामा भएको कार्यक्रममा भुटनदेवी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक सुर्यप्रसाद घिमिरे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा क्यान महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष शिवकुमार श्रेष्ठ, सन् २०१५ का शाखा अध्यक्ष दीपकराज मिश्र, सन् २०२० का शाखा अध्यक्ष राजदेव बानियालगायतको आतिथ्यता रहेको थियो । अभिमुखीकरण जिल्ला प्रहरी कार्यालय मकवानपुरकोतर्फबाट संगिता लामा र श्याम श्रेष्ठले सञ्चालन गरेका थिए । उनीहरुले विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोगसँग जोडिएका जोखिम, साइबर अपराधका प्रकार, सावधानी अपनाउने तरिका, गोपनीयता सुरक्षा तथा अपराधजन्य व्यवहारबाट कसरी जोगिने भन्ने विषयमा व्यवहारिक जानकारी प्रदान गरेका थिए ।

कक्षा ९ र १० का ७० जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा साइबर अपराधसम्बन्धी विद्यमान कानुनी उपचार प्रक्रिया र पीडित भएपछि कहाँ, कसरी उजुरी गर्ने भन्ने विषयमा समेत विस्तृत प्रष्टिकरण दिइएको जेसीआई हेटौंडा सन् २०२५ का महासचिव संजय कुमार न्यौपानेले जानकारी गराए । सन् २०२५ को जेसीज सप्ताहका लागि मूल कार्यक्रम संयोजक सन्तोष पराजुली र सह–मूल कार्यक्रम संयोजक किरण आले रहेका छन् ।

About the Author

Ad
Ad