मकवानपुर उद्योग वाणिज्य संघले आज कात्तिक १ गतेबाट राहत वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ को कारण प्रभावित विपन्नलाई दशैंको अवसरमा राहत सामग्री वितरण गरिएको हो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता र हेटौंडा उपमहानगरका नगर प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा घटस्थापनाको  दिनबाट राहत वितरणको शुभारम्भ गरिएको हो ।

राहत वितरण पश्चात नगर प्रमुख महतले राहत वितरण कार्य विपन्नहरुका लागि उपयोगी हुने र आगामी दिनमा संघका कार्यक्रमहरुमा थप सहकार्य गरिने बताउनु भयो । आगामी दिनहरुमा पनि उपमहानगरले विभिन्न रोजगार मुलक कार्यक्रम संघसंग मिलेर गरिने बताउनुभयो ।

दैनिक ज्यालादारी गर्ने तथा विपन्न ५ देखि ७ सय घरपरिवारलाई राहत वितरण गरिने संघका अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो । राहत वितरणको पहिलो दिन आज १०१ जनालाई राहत सामग्री वितरण गरिएको संघका उपाध्यक्ष तथा राहत वितरणका कार्यक्रम संयोजक कृष्ण कुमार गुप्ताले जानकारी दिनुभयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, संघका सल्लाहकार एकालाल श्रेष्ठ, उपाध्यक्ष राम प्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, सचिवद्वय सन्तोष कुमार अर्याल, काव्यमणि अधिकारी, माधव ज्ञवाली, राजाराम कार्की, नरेन्द्र भण्डारी, सुनिल अधिकारी, अध्यक्ष सल्लाहकारद्वय नरोत्तम दहाल, कृष्ण बहादुर कार्की, विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारी, क्यान महासंघ अध्यक्ष पुष्पराज पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।