Comments Add Comment

मनहरीमा भालुको आक्रमणबाट एकजना घाईते

मकवानपुरमा जंगली जनावर भालुको आक्रमणबाट एक जना घाईते भएका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नंबर ६ प्रतापुरको बफरजोन क्षेत्रमा भालुको आक्रमणबाट ४३ वर्षका बलबहादुर राई घाईते भएका हुन् ।

जंगलमा चराउन लगेको भैसी नआएपछि खोज्न गएका राईलाई भालुले आक्रमण गरि घाईते बनाएको हो । भैसी खोज्न गएका बलबहादुर र जय राई मध्य बलबहादुरलाई भालुले आक्रमण गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाईते राईको टाउको र हातमा टोकी घाउ बनाएको र उपचारको लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर